रुकुम पश्चिम जिल्ला बाट काठमाडौं जाँदै गरेको यात्रु बाहक बस बागलुङको निसीखोलामा दुर्घटना भएको छ।
हाल सम्म प्राप्त विवरण अनुसार ७ जनाको मृत्यु र २५ जना घाइते भएको खबर छ। दुर्घटनाका घाइतेहरूको उपचारका लागि उद्दार जारी छ। उद्दार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले निर्देशित गर्नुभएको छ। साथै बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्नसमेत अनुरोध गर्नुभएको छ।
पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु २५ जना घाईते।
