रास्वपाका सभापति रबी लामिछाने हिरासतमा।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने लाई  चितवनको जिल्ला अदालतले हिरासतमा पठाउन आदेश दिएको छ।
मंगलबार सरकारी वकीलको कार्यालयले साहारा बहू उद्देश्यीय सहकारी संस्थाको बचत रकम ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा सभापति लामिछाने लगायत ३२ जना विरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो।जसमध्य १२ जनालाई सङ्गठित अपराध र ठगी मुद्दा दर्ता भएको छ।
जिल्ला अदालत चितवनमा बुधबार रबीको मुद्दामा बहस नसकिएपछि
न्यायाधीश दयाराम ढकालको इजलासले हिरासत पठाउन आदेश दिएको हो।

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *