नेपालगन्ज – नेकपा(माओबादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले आज माघ १५ गते निःशुल्क स्वास्थ्य शिविर गरेको छ।२१ औं स्थापना दिवस तथा बार्षिक उत्सवको अवसर पारी प्रेस सेन्टर नेपालले आयोजित शुभकामना आदान प्रदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको हो।
प्रेस सेन्टर नेपाल बाँके जिल्लाका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा,नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा बाँके जिल्लाकी इन्चार्ज पूर्णा सुवेदी,नेकपा (माओबादी केन्द्र) बाँके जिल्लाका संयोजक नरेन्द्र पाण्डे(जेम्स) र जिल्ला सचिव डिल्ली बराल(अमीर) लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
उक्त स्वास्थ्य शिविर कार्यक्रममा उपस्थित सम्पुर्णले नाक, कान,घाँटीको निःशुल्क चेक जाँच गर्न पाएका थिए।
स्थापना दिवस तथा बार्षिक उत्सवको अवसर पारी प्रेस सेन्टर नेपालले निःशुल्क स्वास्थ्य शिविर गरेको छ।
