बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ ले महिलाहरुको पाठेघर र सुगर निःशुल्क जाँच गर्ने भएको छ।
फागुन ५ गते शनिबारका दिन निःशुल्क जाँच हुने भएको छ।उक्त वडाका वडाअध्यक्षले“हाम्राे वडा राम्राे वडा´´अभियानलाई सार्थक पार्न महिलाहरुकाे स्वास्थ्यलाई मध्ये नजर गर्दै नि:शुल्क“पाठेघरकाे क्यान्सर स्क्रीनिङ्ग´´कार्यक्रम चालेको बताउनुभयो ।
भाेलि- मिति २०८०फाल्गुन ०५ गते बिहान ठीक ९ बजेदेखि स्वास्थ्य प्रवर्धन केन्द्र,गणेशपुर,वडा नं.०४ मा हुने बताउनु भयो।आफ्नो सम्पूर्ण टोलवासी र वडावासी हरूलाई मौकाकाे फाईदा लिन समेत आह्वान गरेको बताउनुभयो। –

