कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा घटना स्थलमै ४ जनाको मृ’त्यू ।

नेपालगन्ज- गएराति सुर्खेतबाट कालिकोट जाँदै गरेकाेे बाेलेराे जीप दुर्घटना हुँदा घटना स्थलमै ४ जनाको मृत्यु भएको छ।
हिजो राति करिब २:५२ बजे तिर सुर्खेत बाट कालिकोट जाने क्रममा सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना परि सडकदेखि करिब पाँचसय मिटर तल खसेर जीपमा सवार कालिकोट शुभकालिका भर्ता निवासी ६ जना मध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएकोछ।

मृत्यु हुनेहरु कालिकोट शुभकालिका ३ का तन्त बिक,नमराज बिक, बिरेन्द्र बिक र भैरवी गाउँपालिका ४ का महेन्द्र शाही रहेका छन्।
बाकी घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ।

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *