धर्म र जातियताको नाममा जनतालाई भड्काउने काम भैरहेको छ।जनार्दन शर्मा।

नेपालगंज–१४ पुस।बाँकेकाे नेपालगन्जमा उत्पिडन थारू, मुस्लिम , मधेसिको सङ्युक्त बाँके जिल्ला सम्मेलन भएको थियो।उक्त सम्मेलनमा नेकपा(माओवादी)केन्द्रका केन्द्रीय उपमहासचिब जनार्दन शर्माले प्रमुख अथितिकाे रुपमा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ले जातियता,धर्म र सस्कृतिकारुपमा जनतालाई झुकाएर केहि नयाँ पार्टिहरुले राजनिति गर्दै मिसन ८४ भन्दै जनतालाई भड्काउने काम भएको बताएका छन ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले देश र जनताको हितका लागि सबैभन्दा बढी लचिलो पार्टी काेही हाे भने नेकपा (माओवादी) केन्द्र मात्र भएको बताएका थिए।
देशमा धर्म निरपेक्षता संघीयता तथा थारु जनजाति मधेसी र मुस्लिमका मुद्दाहरुमा निकै लचिलो भएर परिवर्तन गर्नका लागि नेकपा माओवादी केन्द्रकाे ठुलाे भुमिका रहएको दाबी गरेका छन्।
नेता शर्माले नेपालगञ्जमा आयोजित उक्त कार्यक्रममा मुस्लिम,मधेसी , दलित, भूमिहीन सुकुम्बासीहरुका विभिन्न समस्याहरुको हल वर्तमान सरकारले गर्ने बताएका छन।

 

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *